IME Life New

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा रविन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा संस्थानको ८ औ केन्द्रिय अधिवेशनले रविन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदश्य कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा अर्जुन पराजुली, महिला उपाध्यक्षमा कमला बस्नेत, महासचिवमा कृष्ण प्रसाद प्याकुरेल, उप महासचिवमा ध्रुव रेग्मी, सचिवमा बासु दाहाल, सहसचिवमा रमेश उपाध्याय, कोषाध्यक्षमा शोभा पन्थी, सह कोषाध्यक्षमा पशुपती दंगाल र सदश्यहरुमा क्रमश बालकृष्ण अधिकारी, बिमल घिमिरे, रामप्रसाद मिश्र, हुम बहादुर सरुमगर, सरिता भट्टराई, दिपेन्द्र प्रसाद गुप्ता, राजकुमार भडेल र नारायण गिरी चयन भएका छन् ।

उक्त अधिवेशन नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदराज रेग्मीको प्रमुख आतिथ्यतामा लमजुङ जिल्लामा सम्पन्न भएको हो । केन्द्रिय अधिवेशन समारोहमा राष्ट्रिय समिति अध्यक्ष रेग्मीले नेपाल वित्तीय संस्था कर्मचारी संघले चाल्नुपर्ने कदमहरु भावी रणनीति तथा युनियनको भुमिकाबारे धारणा राखेका थिए । उनले सबै जना एकाकार भइ संघठनात्मक हितलाई सर्वोपरी ठानेर सम्पुर्ण कर्मचारीहरुको हकहित बृत्तिविकासका लागि नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा संस्थानले योगदान दिनु पर्ने भन्दै आफ्नो राय व्यक्त गरेका थिए ।

Esewa
Crest

विशेष अतिथी नेपाल वित्तीय संस्था राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष धर्मराज खनालले नवनियुकत पदाधिकारीहरुलाई मार्गदर्शन गर्दै ट्रेड युनियन र श्रम ऐनको विधान भित्र रही आएका कार्यक्रमहरु जोडतोडका साथ आफु मातहतका कार्यालयहरुमा व्यवस्थापनसँग सामुहिक सौदावाजी गरी कार्यान्वयनमा लाग्न नेपाल वित्तीय संस्था कर्मचारी युनियनको प्रभावकारी भुमिका रहनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS