IME Life New

मिर्मिरे लघुवित्तद्धारा सचेतनामूलक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरु सहभागि थिए । कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका प्रबन्धक वेद प्रसाद आचार्यले सचेतना प्रशिक्षण दिनुभएको थियो भने वित्तीय संस्थाका अनुगमन अधिकृत सुरेश बहादुर खड्काले कार्यक्रमको संयोजकत्व गरेका थिए ।

Esewa
Crest

विद्यालयको तर्फबाट शिक्षिका सारिका मल्ल र शिक्षक भरत बिष्ट उपस्थित थियो। कार्यक्रममा प्रहरी निरिक्षक भरत बहादुर शाहले विधुतिय अपराध ऐन, यौन जन्य हिंसा, लागू पदार्थ दुव्र्यसनी सम्बन्धमा प्रशिक्षण दिएका थिए । बालबालिकाहरुमाथि सामाजिक संजालको प्रयोगबाट हुन सक्ने हिंसा, बाल विवाह र सो सम्बन्धि वर्तमान कानुनी व्यवस्था सम्बन्धमा प्रकाश पार्दै, नकारात्मक बिचार मनमा आउन नदिने र सचेततापूर्वक सकारात्मक बिचारको बाटोमा लागे मात्र सफल व्यक्ति बन्न सक्ने बताए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मोतिपुर कैलालीका प्रमुख प्रहरी नायब निरीक्षक शोभान सिंह कार्कीले सडक सुरक्षामा अपनाउनुपर्ने साबधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी संचालन तथा सुरक्षित सडक प्रयोग सम्बन्धी सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS