IME Life New

विभिन्न कार्यक्रम गरी मनायो जनउत्थान लघुवित्तले ११औं वर्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत २७ गते आफ्नो ११ औं वर्षिकोत्सव मनाउदै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले ११ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिवी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवन स्तर उकास्न, सामाजिक रुपान्तरणमा अमूल्य योगदान पु¥याउने कार्यमा यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

साथै, संस्थाले गर्ने कार्य सम्पादनमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकायहरु, सञ्चालक समितिका सदस्यहरु, संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरु, शुभेच्छुक, सम्पूर्ण कर्मचारीहरु, संस्था प्रति विश्वसनीयता दर्शाई साझेदारी गर्नु हुने विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु, संस्थाको सेवालाई उपभोग गरी संस्थालाई सफल ढङ्गबाट अगाडी बढाउन सहयोग पु¥याउने संस्थामा आवद्ध आदरणीय बैंकिङ्ग समुदाय सदस्यहरु प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्नु भयो र आगामी दिनहरुमा समेत लक्षित उद्देश्य हाँसिल गर्ने कार्यमा सम्पूर्ण महानुभावहरुलाई आश्वस्त पारे ।

Esewa
Crest

उक्त कार्यक्रममासञ्चालक, संस्थापकहरु, कर्मचारीहरु, विभिन्न समुहमा आवद्ध समुह सदस्यहरु र भर्चुअल माध्यमबाट संस्थापकहरु तथा विभिन्न शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

११ औं वार्षिकोत्सवको सन्दर्भमा मिति २०७७ चैत्र २६, २७ र २८ गते ३ दिन संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, लागु औषत सम्बन्धि सचेतना मूलक कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, अस्पताल भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण, मन्दिरमा भएका मूर्ति संरक्षण लगाएतका थुप्रै कार्यक्रमहगरेको संस्थाले जनाएको छ ।

संस्थाले आफ्नो ११ औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४४,७०० समुह सदस्यहरुका माझ सेवा पु¥याउनुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS