IME Life New

ज्योति लाइफद्वारा भक्तपुर नगरपालिकका कर्मचारीको मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले भक्तपुर नगरपालिकाका कर्मचारी स्व रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक नायजुका श्रीमती रमा नायजु लाई उक्त बीमा दाबी रकम भुक्तानी गरेको हो । स्व नायजुको फाल्गुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षाको लागि सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।

Esewa
Crest

कम्पनीले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ । भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योतिलाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS