काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६७४ दशमलव ३५ अंकको विन्दुमा कायम भएको छ ।आज ट्रेडिङ, हाईड्रोपावर, निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, अन्य र इन्भेष्टमेन्ट बाहेक बाहेक अन्य क्षेत्रहरुको उपसूचकमा हरीयाली छाएको छ।
आज दिनभरिमा २ सय ७ वटा कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड रुपैयाँको शेयर करोबार भएको छ।आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज अपर तामाकोशीको ३६ करोड ७७ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्रकोे २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
युनिभर्सल पावरका लगानीकर्ताले ४ दशमलव ४२ प्रतिशतका दरले गुमाएक छन् भने रसुवागढी हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।