IME Life New

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचि भएका छन् । एशोसियसनको मंगलबार सम्पन्न १५ औ वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा कार्यसमित चयन गरेको हो । साधारणसभा मंगलबार चितवनको भरतपुर, कसरा रिसोर्टमा सम्पन्न भएको छ ।

एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सचिवमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत चयन भएका छन् । सदश्यहरुमा लम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी र ग्रिन डेभलपमेन्ट बैंकका  प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य चयन भएका छन् ।

Esewa
Crest

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हाली सकेका छन् । एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

१५ वटा विकास बैंकहरु मध्ये १४ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले निर्वाचन कार्यक्रममा भाग लिएका थिए ।

अध्यक्ष ढकालले गत आर्थिक वर्षमा कोभिड १९ ले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थामा धकेलेको भएतापनि सम्बद्ध सबैको प्रयासले बिकास बैंकहरुले ग्राहकहरुका समस्या धेरै हदसम्म सम्बोधन गर्न सफल भएको बताउए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर २० भन्दा तल आउदा पनि मार्केट शेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि भएको ढकालले ठोकुमा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS