IME Life New

बीमा कम्पनीहरुले हकप्रद निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडि बीमा समितिबाट अनुमति लिनु पर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पुर्ण बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने सूचना सर्वजनिक गर्नु अगाडि बीमा समिति सँग स्वीकृति लिनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै अवदेखि हकप्रद शेयर तथा बोनस शेयरको सूचना सार्वजनिक रुपमा जारी गर्नु अगाडी बीमा समितिको अनुमति लिनु पर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कम्पनीहरुले शेयर सँग सम्बन्धित जुनसुकै योजना अगाडि सार्नु अगाडि समितिको अनुमति लिनु पर्ने भएको हो । यस भन्दा अगाडि कुनै पनि बीमा कम्पनीहरुले हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु अगाडि बीमा समितिबाट अनुमति लिनु पर्ने अवस्था थिएन ।

Crest

गत साता अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु अगाडि नै चुहाएर बजार बढाएको आरोप लागे पछि बीमा समितिले यस्तो परिपत्र जारी गरेको हो । समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । कम्पनीले समिति सँग पूर्व स्वीकृति नलिई सार्वजनिक गरेको अध्यक्ष सिलवालको भनाइ छ । कम्पनीले बदमासी गरे पछि हकप्रद शेयर निष्काशनको प्रस्ताव नै फिर्ता लिन निर्देशन दिनु परेको अध्यक्ष सिलवालले बताए ।

संञ्चालकहरुले दोस्रो बजारमा खेल खेल्ने अवस्था आए पछि बाध्य भएर यस्तो निर्देशन दिनु परेको शिलवालले जानकारी दिए । उनले भने ‘यदि कम्पनीहरुले आफुखुसी गर्न थाल्यो भने बीमा समिति किन चाहियो ?’

अजोडसँगै आइएमई जनरललाई पनि हकप्रद शेयर निष्काशन रोक्न निर्देशन दिने सिलवाले जानकारी दिए । पछिल्लो समय जुन जुन कम्पनीहरुले बीमा समितिको स्वीकृति नलिइ हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाएका छन् सबैलाई रोक्न निर्देशन दिने उनले बताए ।

समितिले २०६६ सालदेखिनै बोनस शेयरको हकमा बीमा समितिको पुर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरेको थियो । तर कम्पनीहरुले आफुखुसी बोनस शेयर घोषणा गर्ने र अन्तिम समयमा भने बीमा समितिको स्वीकृति लिन जाने प्रचालन चल्दै आएको छ । समितिले केहि वर्षदेखि भने बोनस शेयर घोषणा गर्नु अगाडि लेखापरिक्षण प्रतिवेदनको अनुमति लिने वेलामा सँगै ल्याउनु पर्ने व्यवस्था गरेको छ । केहि वर्ष अगाडि एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले घोषणा गरेको बोनस शेयरलाई समेत फिर्ता लिन तथा घटाउन बीमा समितिले निर्देशन दिएको थियो ।

बीमा क्षेत्रमा यस्ता विकृति रहेता पनि बैंक तथा वित्तीय संस्थाहरुलाई भने नेपाल राष्ट्र बैंकले नियमन गर्दै आएको छ । बोनस शेयर तथा हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु अगाडि नै नेपाल राष्ट्र बैंकको पुर्व स्वीकृति लिनु पर्ने व्यवस्था छ । केहि समय अगाडि किसान माइक्रोफाइनान्सले पनि राष्ट्र बैंकको नियम विपरित हकप्रद शेयर निष्काशनको प्रस्ताव गरे पछि फिर्ता लिनु परेको थियो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई हकप्रद शेयर निष्काशन गर्न रोक लगाइरहेको अवस्थामा किसाले दोस्रो बजारलाई प्रभावित पार्न हकप्रद शेयर निष्कानको विशेष प्रस्ताव अगाडि सारेको थियो ।

बीमा समितिका अनुसार अजोड इन्स्योरेन्सले  पूँजीको आवस्यकता नै नपरि दोस्रो बजारमा खेलोफड्को गर्न हकप्रद शेयरको फण्डा अगाडि सारे पछि विवादमा परेको हो । अजोडले हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडि नै मूल्य बढाए पछि अन्य कम्पनीको हकप्रद शेयर निष्काशन प्रकृया पनि प्रभावित हुने भएको छ ।

यो पनि पढ्नुहोस्

बीमा कम्पनीहरुमा हकप्रदको लहर, कारण रिस्क वेस क्यापिटल दाउ शेयर बजारमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS