काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले बोनश शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएका छन् । । विजय लघुवित्तले १९ प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएका हुन् ।
विजय लघुवित्तको गत पुस २९ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले १९ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस्तै, पोखरा फाइनान्सको गत पुस २९ गते सम्पन्न २४ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
दुवै कम्पनीहरुले पुस १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो । सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि डिम्याट खातामा नै शेयर जम्मा हुने भएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराइ खाताको विवरण बुझाउन हाग्रह गरेको छ ।