IME Life New

सिभिल क्यापिटल मार्केटद्धारा कार्य क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सिभिल क्यापिटल मार्केट लिमिटेडद्धारा संस्थामा कार्यरत कर्मचारीहरुलाई कार्यक्षमता अभिबृद्धि सम्बन्धी अन्तरक्रिय तथा ताालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्त दुरुस्त के कसरी सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिबृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्तो योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले प्रशिक्षण गरेका हुन् ।

उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरु समेत गरी २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै दिनानुदिन ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ ।

Esewa
Crest

संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत श्री झनकराज ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS