काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले विसं २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्ट्रार तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
अब संस्थाको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु आरबिबि मर्चेण्ट बैंकिङ्गबाट हुनेछन् ।