IME Life New

अटो व्यवसायीलाई कामना सेवा विकास बैंकद्धारा क्युआर कोड वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीमा अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । बैंकले बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरेको जनाएको छ ।

लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंकका बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई क्यु आर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच पुुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यु आर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्यु आरकोड वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS