काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा समायोजन भएको छ । बोनस शेयरको बुक क्लोज पछि नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि लागु हुने गरि मूल्य समायोजन गरेको हो छ । प्रस्तावित १० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य १ हजार २९१ कायम भएको छ ।
कम्पनीको बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ४२० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो । आजदेखि शेयर खरिद गर्नेले संस्थाले घोषणा गरेको उक्त लाभांस पाउदैनन् ।