IME Life New

एशियन लाइफ १४औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा साप्ताहिक कार्यक्रम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रौ बर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने जनाएको हो । सोही उपलक्ष्यमा कम्पनीले सितापाइला काठमाडौं स्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

साथै, प्रदेश स्तरमा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई समेटने गरी देशैभरिका ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायित्वको कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

हालसम्म कम्पनीले देशभर १ सय ४६ वटा शाखा उप शाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले १३ वर्षको अवधिमा २०७७ फागुन मसान्तसम्ममा कुल ५ लाख ६८ हजार बीमालेख विक्री गरी २८ अर्ब ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५० करोड रहेको छ ।

हालसम्म कम्पनीले एशियन सावाधिक, अग्रिम भुक्तानी, आजीवन तथा म्यादी लगायतका २३ वटा बीमा योजनाको साथै १८ घातक रोक विरुद्धको रक्षावरण हुनेगरी एशियन क्रिटिकल केयर एच्छिक सुविधा ल्याएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी १३औ वर्ष पुरा गरी १४औ बर्षमा प्रवेश गरेको अवसरमा निरन्तर सहयोग गर्ने ग्राहक, नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल पुनर्बीमा कम्पनी, संस्थापक शेयरधनी प्रति विषेश आभार व्यक्त गरेको छ ।

कम्पनीले आगामी दिनहरुमा अझै गुणस्तरीय, आधुनिक,दिगो तथा विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS