IME Life New

सिटिजन्स बैंकको यूएसडी ई–कम कार्डको शुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यूएसडी ई–कम कार्डको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तरराष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले यस सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

Esewa
Crest

यूएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनु पर्नेछ । ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् ।

यस कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS