Connect IPS
IME Life

नबिल इन्भेष्टमेण्ट बैंकिङको विजनेश क्लिनिक संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत विजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ ।

बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

यस सेवाअन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्य संचालन तथा पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्संरचना÷पुनर्गठन सम्बन्धि वित्तीय परामर्श, व्यापार,व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श, सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदल, पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श सम्पत्ति, धन व्यवस्थापन सम्बन्धि परामर्श, व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श सेवालिन सकिने कम्पनीले जानकारी गराएको छ ।

यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रबार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा १००० को टिकट काट्नु पर्नेछ । चैत महिनाको लागि यस सेवाको शुल्क छुट गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS