IME Life New

सूर्या लाइफले केन्द्रिय कार्यालयका लागि घर खोज्दै, पार्किङ सहित ९ हजार स्क्वायर फुट हुनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफले केन्द्रिय कार्यालय सार्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयको लागि काठमाडौं तथा ललितपुरको रिङरोडभित्र वा सो आसपासको क्षेत्रमा सडक, पानी, विजुली, टेलिफोन तथा ढलको राम्रो व्यवस्था भएको घर भाडामा लिनका लागि सार्वजनिक सूचना मार्फत घरवेटी सँग प्रस्ताव आह्वान गरेको छ ।

कम्पनीले १५/२० वटा कार तथा ५०/५५ वटा मोटरसाइकल पार्किङ गर्ने स्थान सहित ९ हजार स्क्वायर फुटको घर वा फ्ल्याट भाडामा लिन खोजेको हो । यस्तो खालको घर भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले प्रति महिनामा भाडा दर सहित कम्पनीको वेवसाइट मार्फत शिलबन्दी प्रस्ताव  पेश गर्न सक्ने छन् ।

Esewa
Crest

निवेदनका साथ जग्गा तथा घरधनीदर्ताको प्रभाणपत्रको प्रमाणित प्रति, घरजग्गाधनीको नागरिकताको प्रमाणित प्रतिलिपी, चारै दिशावबाट खिचिएको घरको फोटो सहित प्रस्ताव पेश गर्न कम्पनीले घरवेटीहरुलाई आह्वान गरेको छ । प्राप्त हुने प्रस्तावहरु मध्ये वित्तीय संस्थाको आवश्यकता अनुसार स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनी सँग नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS