काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाको शेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने संस्थाले जनाएको छ ।
संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक हाल कायम रहेका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।