काठमाडौं । यस साता नेप्सेमा ४ कम्पनीको शेयर सुचिकृत भएको छ । ४ कम्पनीको एक करोड १४ लाख कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा वोमी लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको शेयर सूचीकृत भएको हो ।
वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता शेयर सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो ।
बुटवल पावर कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश बापत २६ लाख ७४ हजार ७८७ कित्ता शेयर सूचीकृत भएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको १० प्रतिशत बोनश शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनश वापतको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनश शेयर सूचीकृत गराएको हो ।
सनराइज बैंकको बोनश शेयर सूचीकृत भएको हो । बैंकको ५.८० प्रतिशत बोनश वापतको ५२ लाख एक हजार ३३०.६३ कित्ता शेयर सूचीकृत भएको हो ।