काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइको नियुक्तिलाई बीमा समितले अनुमति दिएको छ । कम्पनीको सञ्चालक समितिले माघ २७ गते प्रासाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
तर बीमा समितिले नियामक निकायबाटै अनुमति नलिएकोले अनुमति लिन निर्देशन दिएको थियो । समितिबाट अनुमति लिए पछि मात्रै आधिकारिकता प्रदान हुने भन्दै समितिले तत्काल कम्पनीको वेवसाइटमा प्रमुख कार्यकारी अधिकृत भनेर नराख्न निर्देशन दिएको थियो ।
समितिको निर्देशन लगत्तै कम्पनीले समितिमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको जानकारी दिएर आवस्यक प्रकृयाँ पुरा गरेको हो । सञ्चालक समितिले ४ वर्षका लागि प्रसाईलाई नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्ट प्रसाई बीमा समितिको जागिर छाडेर नेपाल लाइफ प्रवेश गरेका थिए ।