IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित   

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा “बर्दिया टाइगर मिट” कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तालिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फाल्गुण महिनामा उत्कृष्ट व्यवसायिक सफलता हासिल गरी छनौट भएका १४४ भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कार्यक्रममा सम्पूर्ण लिडरहरुलाई कम्पनीले सम्मान गरेको थियो ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका पश्चिम क्षेत्रको प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काले आफ्नो क्षेत्रमा रहेको यस तीन दिने कार्यक्रममा टाढा टाढा देखी पाल्नु भएका सम्पूर्ण लिडरहरुलाई स्वागत गर्न पाउदा खुशी लागेको भन्दै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अथितिको रुपमा प्रेरक वक्ता सृष्टी के. सीलाई आमन्त्रण गरिएको थियो । उनको जीवन संघर्ष र त्यस प्रतिको सकरात्मक सोच, जीवन प्रतिको बुजाइ, भोगाई र प्रेरणादायिक अनुवभ प्रस्तुत गरेकी थिइन ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृतहरु साथै विभिन्न एरिया र शाखा प्रवन्धकहरुको पनि उपस्थिती थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई  पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS