IME Life New

कतारमा ज्यान गुमाएका खगेन्द्रको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ ।गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आईएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो ।

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताए । दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत रु ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS