Connect IPS
IME Life

प्रदेश २ मा ३०० भन्दा धेरै क्यूआर कोड वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा आज जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुद्वारा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण भएको छ ।

सो अवसरमा प्रमुख अतिथि, प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले हामी सबैले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिनुपर्ने बताए । यसै गरी विशिष्ठ अतिथि, गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा व्यक्त गरेका थिए ।  साथै, यो प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पुर्याउने धारणा राखेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा  जनकपुर उप महानगरपालिकाका मेयर लाल किशोर साहको उपस्थिति थियो । उनले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा दिए ।

Prabhu
Crest

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित हुने कुरा पनि उल्लेख गरे । कार्यक्रममा उद्योगी व्यवसायीहरु, बैंकका प्रदेश प्रमुखहरु लगायत विभिन्न वाणिज्य बैंकका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS