IME Life New

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ७ गुणा बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो । कम्पनीले चैत ६ गतेबाट १ सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंगलबार (चैत १० गते) सम्म आवेदन दिन सकिनेछ ।

Esewa
Crest

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS