IME Life New

दुर्घटनामा दिवंगत विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई मेगा बैंकको ७ लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । कर्मचारी शर्माको बिद्युत लाइन मर्मतका क्रममा भदौ २९ गते मृत्यु भएको थियो ।

Esewa
Crest

मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बीमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिएका थिए ।

यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरेको थियो ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताए । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS