IME Life New

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम,साधारण सभा कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गते भोलि बुक क्लोज गरेसँगै आजसम्म शेयर कायम शेयरधनीले सभामा भाग लिन वा लाभांश लिन योग्य हुनेछन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २० गते होटल मोनालिसा सौराहा, चितवनमा साधारण सभा बोलाएको छ ।

Esewa
Crest

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाले सभामा वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनश शेयर र १ दशमलव ०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यी प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा साधारणमा सभा आयोजना गरेको हो ।

त्यसैगरी सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने लेखापरीक्षक प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने, नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, गाभ्ने वा गाभिने सम्बन्धी अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्तावहरु सभामा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS