काठमाडौं । नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिट सँग विप्रेषण कारोबार नगर्न सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा इजाजतपत्र प्राप्त विप्रेषण कारोबार गर्ने संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले उक्त रेमिट सँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए अवदेखि कुनै पनि कारोबार नगर्न नगराउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले विदेशी विनियम ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि यस्तो सूचना जारी गरेको हो । तर यस व्यवस्थाले उक्त रेमिट सँग कुनै लिनु पर्ने रकम भए त्यस्तो रकम असुल उपर गर्न कुनै बाधा पुर्याएको मानिने छैन भनिएको छ ।