काठमाडौं । सिटिजन्स बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका आउटलेटमा सेवा उपभोग वापत छुट पाउँने बैंकले जनाएको छ ।
हालसम्म बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।