Connect IPS
IME Life

नेशनल माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, २७ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू समेत पारित गरेको छ ।

Prabhu
Crest

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाबाट नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS