काठमाडौं । साङ्गे विद्युत कम्पनीले वार्षिक साधारणसभाका लागि बोलाएको छ। कम्पनीको चैत ५ सम्पन्न संचालक समितिको बैठकले गरेको कम्पनीको सभा चैत २७ गते शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुक्रबार हुने भएको छ ।सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश पनि पारित गर्नेछ ।
साथै सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा–नोक्सान हिसाबतथा सोहि अवधिको नगद प्रवाह विवरण पेश गर्ने भएको छ।
त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल गरि पारित गरिनेछ ।