काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।
आज २ सय १३ सय वटा कम्पनीको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल बंगलादेशको ७६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राकोे २१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
ग्रिन लाइफ हाईड्रोपावर र युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने चन्द«ागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले कमाएका छन्।
जोशी हाईड्रोपावरका लागानीकर्ताले ६ दशमलव ८५ प्रतिशतले गुमाएका छन् भने आखुँ खोला जलविधुत् कम्पनीका लगानीकर्ताले ६ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन्।