काठमाडौं । आज दुई लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुँदैछ । आज चैत ५ गते सिभिल लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्सको साधारण सभा हुन लागेको हो ।
सिभिल लघुवित्तले बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३ दशमलव ५ प्रतिशत बोनस शेयर र ० दशमलव १८४२१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३ दशमलव ६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, सभामा संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गर्ने भएको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, नेशनल माइक्रोफाइनान्सले पनि आज क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि सभा सुरू गर्नेछ । सभामा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।