काठमाडौं । नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त गरेसँगै अवको केहि दिनमैआफ्नो सेवा सेवाग्राहीहरु माँझ ल्याउने जनाएको छ ।
आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेइ९कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका सेवा लिन सकिनेछ ।