काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले चैत्र १ गते, आइतबारबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो । अब उक्त ऋणपत्रमा चैत्र १६ गतेसम्म आवेदन दिने पाइने भएको छ ।
बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नाममा ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सबै शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।