IME Life New

शिखर इन्स्योरेन्सका सिइओ दिप प्रकाश पाण्डेको वार्षिक तलब भत्ता एक करोड २० लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले आर्थिक वर्ष २०७६/७७ मा वार्षिक एक  करोड २० लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । पाण्डेको एक वर्षको अवधिमा तलब भत्ता ८ लाख रुपैयाँले बढेको छ । उनले आर्थिक वर्ष २०७५/७६ मा एक करोड १२ लाख रुपैयाँ बुझेका थिए ।

६ वर्षको अवधिमा भने पाण्डेको तलब भत्ता चार गुणाले बृद्धि भएको छ। पाण्डेले आर्थिक वर्ष २०७०/७१ मा ३२ लाख ९५ हजार रुपैयाँ बुझेका थिए । निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा ठुलो शिखर इन्स्योरेन्सका पाण्डको हरेक वर्ष तलब भत्ता तथा अन्य सुविधा बढिरहेको छ । पाण्डेले यस बाहेक अन्य सवारी साधन, इन्धन तथा सूचनाको सुविधा पाउने कम्पनीले जनाएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७६/७७ मा संचालक समितिले १६ लाख ४८ हजार रुपैयाँ बैठक भत्ता प्राप्त गरेका छन् । अन्य समितिको बैठक भत्ता बापत पनि १७ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ। कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले यस वर्ष तीन करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् ।

कम्पनीको उच्च व्यवस्थापन तहमा बिमल राज नेपाल, पुस्कर महत, सविता मास्के, उदित प्रसाद काफ्ले, बरिष्मा आचार्य, प्रज्वल आचार्य र सुरज बहाक रहेका छन् ।

कम्पनीले चैत ९ गते एकै पटक १५ औ र १६ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मुनाफा तथा जगेडा कोषबाट २७.७६९ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा लगिदै छ । साधारणसभाले उक्त लाभांस पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । प्रस्तावित बोनस शेयर वितरण पछि कायम हुने पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष साधारणसभामा लगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS