काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको बोनश शेयर संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएकाले बोनश शेयर परिवर्तन भएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष ८ दशलमव १२ प्रतिशत बोनश शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि समेत गरी वितरण गर्ने प्रस्ताव गरेको हो ।
अब नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।