IME Life New

कोरोना बीमा पुलको साढे तीन अर्ब भुक्तानी नहुँदा सरकारले दिएन थप रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले कोरोना बीमा पुलमा रहेको साढे तीन अर्ब भुक्तानी नगर्दा अर्थमन्त्रालयले आफ्नो दायित्व अन्तर्गतको भुक्तानी रोकेको छ । अर्थमन्त्रालयले कोरोना बीमा पुलमा अहिलेसम्म ४० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

कम्पनीहरुले पुलमा रहेको साढे तीन अर्ब भुक्तानी भएको विवरण सहित भुक्तानीका लागि थप रकम माग नगर्दा रकम उपलब्ध नगराइएको राजस्व सचिव राम शरण पुडासैनीले जानकारी दिए । उनले भने ‘मन्त्रालयले अहिलेसम्म ४० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । बाँकी रकमको लागि अहिलेसम्म माग आएको छैन ।‘

Esewa
Crest

तर बीमा कम्पनीहरुले भने नेपाल सरकारले दाबी भुक्तानीका लागि कोरोना बीमा पुलमा रकम जम्मा नगर्दा भुक्तानी गर्न नसकिएको आरोप लगाउदै आएका छन् । बीमा कम्पनीहरुले पुलमा रहेको साढे तीन अर्ब रुपैयाँ पनि भुक्तानी गर्न मानिरहेका छैनन् । नेपाल सरकारले भुक्तानी गरेको ४० करोड सहित पुलमा अहिलेसम्म तीन अर्ब ९० करोड रुपैयाँ जम्मा भैसकेको छ ।

अहिलेसम्म कोरोना बीमामा १२ अर्ब भन्दा माथिको दाबी परिसकेको छ । यदि सबै रकम भुक्तानी गर्ने हो भने नेपाल सरकारले ८ अर्ब भन्दा माथिको भुक्तानी गर्नु पर्ने हुन्छ । नेपाल सरकार बीमा समिति र बीमा कम्पनीहरुको त्रिपक्षिय संझौता पछि पुल अन्तर्गत रहेको साढे तीन अर्ब भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्ने रहेको छ ।

बीमा कम्पनीहरुले भने कोरोना बीमाको दाबी भुक्तानीका लागि मन्त्रालयले नचाहेको भन्दै आरोप लगाउदै आएका छन् । जवकी बीमा समितिले नै अर्थमन्त्रालय सँग दाबी भुक्तानीका लागि माग गरिरहेको छैन । मन्त्रालयका अनुसार बीमा कम्पनीहरु पुलमा रहेको रकम भुक्तानी गर्नलाई नै आलटाल गरिरहेका छन् । यदि कम्पनीहरुले उक्त रकमको दाबी भुक्तानी भएको विवरण नेपाल सरकार समक्ष बुझाएर बाँकी रकमको लागि माग गरेरमा भुक्तानी गर्न केहि समस्या नरहेको पुडासैनीले जानकारी दिए।

बीमा समितिले सार्वजनिक गरेको फागुन २१ गतेसम्मको तथ्याङ्क अनुसार ८४ हजार ८७४ वटा दाबी भुक्तानीका विवरण पुरा भएका छन् । काजगपत्र पुरा गरेका बीमित मध्ये ४८ हजारलाई दाबी भुक्तानीका लागि सिफारिस गरिएको छ ।

कम्पनीहरुले सजिलै दाबी भुक्तानी नगर्दा पावर, सोर्स, फोर्सबाट मात्रै भुक्तानी भैरहेको छ । कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी नगर्दा बीमा प्रति आम सर्वसाधारणको दृष्टिकोण नकारात्मक भैरहेको छ । बीमा समिति र अर्थमन्त्रालयको समन्वयमा गत भदौ २८ गते संसोधन भएको कोरोना बीमा मापदण्ड अनुसार भदौ २८ गते यताको कोरोना बीमाको पुनर्बीमा हुन्छ । तर भदौ २८ गते भन्दा अगाडिको अवस्थाको पोलिसीमा भने बीमाङ्क बराबरकै दाबी पाउने व्यवस्था छ । यसले गर्दा दाबी भुक्तानीको संख्या र रकम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS