काठमाडौं । सिन्धु विकास बैंक डेपुटी सिईओमा रामकुमार गिरी नियुक्त भएका छन् । । बैंकको संचालक समितिको सम्पन्न बैठकले आज चैत २ गतेदेखि लागु हुने गरी गिरिलाई डेपुटी सिईओ पदमा नियुक्त गरेको हो ।
गिरीले यस अघि नेपाल बंगलादेश बैंक, सनराईज बैंक काम गरेका व्यक्ति हुन । कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भईसकेका गिरीको बैंकिङ् क्षेत्रमा लामो अनुभव रहेको छ।