IME Life New

शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ। फाल्गुण २९ गते चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा उक्त तालिम कार्यक्रम सम्पन्न गरेको हो । स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २ सय जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन श्री मन अधिकारीले स्वागत मन्तब्य दिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए ।

Esewa
Crest

साथै कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटि प्रदेश प्रमुख इन्द्र राज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले शेयरबजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताए ।

तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालको शेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, शेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै शेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS