IME Life New

प्राइम कमर्सियल बैंकको ऋणपत्र आजदेखि विक्री खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र आजदेखि विक्री खुल्ला हुने भएको छ । बैंकले फागुन १९ गतेदेखि विक्री खुला गर्ने भनिएको मिति परिवर्तन भई आज फागुन २८ गतेबाट खुल्ला गर्ने भएको हो । कम्पनीले ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन गर्न लागेको हो ।

बैंकले ८ दशमलव ७५ प्रतिशत व्याजदरको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।

Esewa
Crest

८ वर्ष अवधिको उक्त ऋणपत्रमा सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS