IME Life New

एलआईसी नेपालले महाशिवरात्रीको उपलक्ष्यमा निःशुल्क भोजन तथा पानी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको दोस्रो ठुला जीवन बीमा कम्पनी एलआईसी नेपालले आज परेको महाशिवरात्रीको अवसरमा पशुपतीनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि महाशिवरात्रीको उपलक्ष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

Esewa
Crest

कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती रहेको छ। एलआईसी नेपाल तथा एलआईसी नेपालको कर्मचारी कल्याणकारी कोषको सयुक्त रुपमा भएको यस कार्यक्रममा कम्पनीका २० जना भन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको छ।

पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज विहान ७ बजेदेखि भक्तजनहरुको सेवा गरिरहेको छ। कम्पनीले साझ ४ बजेसम्म भक्तजनहरुको सेवा गरिने कम्पनी सचिव भुजेलले जानकारी दिए। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ।

विगत ९ वर्षदेखि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब २ हजार भन्दा धेरै भक्तजनहरुलाई  पानी तथा भोजन खुवाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS