IME Life New

किसान लघुवित्तले १२ लाख ९८ हजार कित्ता एफपिओ निष्काशन गर्ने, मर्चेन्ट बैंक सँग कोटेसन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ। संस्थाले एफपिओ निष्काशनका लागि मर्चेन्ट बैंकहरु सँग दर रेट सहितको कोटेसन माग गरेको छ।

संस्थाले सर्वसाधारणहरुका लागि छुट्टाएको उक्त शेयर एफपिओ मार्फत बिक्री गर्न लागेको हो। संस्थाको हालको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ। एनआरएन लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स गाभिए पछि किसान लघुवित्त वित्तीय संस्था बनेको हो। यो मर्जर हुनु भन्दा अगाडि एनआरएन लघुवित्तले क्रियटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई गाभेको थियो। मर्जरका कारण शेयर संरचना मिलाउन एफपिओ जारी गर्नु परेको संस्थाले जनाएको छ।

Esewa
Crest

एफपिओ निष्काशन पछि संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ। दोस्रो बजारमा बुधबार संस्थाको शेयर मूल्य १४९५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS