काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । बैंकको माघ १५ गते, सम्पन्न भएको १४औँ वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर २२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।
मंसिर २२ गतेपछि कायम भएका शेयधनीहरूले भने बोनश शेयर पाउनका लागि सर्वप्रथम कर तिर्नुपर्नेछ । कर तिर्नका लागि शेयधनीहरूले सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा रकम जम्मा गर्नुपर्नेछ । कर तिरेपश्चात् मात्र शेयरधनीहरूले बोनश प्राप्त गर्न सक्नेछन् ।