IME Life New

घरेलु लघुवित्तद्धारा बाराका पिडित परिवारलाई काजक्रिया खर्च बराबरको रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय फेटा, बाराले बीमा दावी रकम भुक्तानी गरेको छ ।बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ०९ का केन्द्र नं. २६ कि सदस्य हिरामती देवीको श्रीमान दशैं सा तुरहा को मृत्यू पश्चात निज सदस्य हिरामती देवीलाई श्रीमानको काजक्रिया खर्च बापतको बीमाको रकम हस्तान्तरण गरेको छ।

सदस्य हिरामती देवीले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार दिइने काजक्रिया खर्च ५ हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्घारा निज सदस्य हिरामती देवीलाई एकमुष्ट भुक्तानी गरेको हो।

Esewa
Crest

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक सरोज कुमार महतो र सो केन्द्रका केन्द्र संचालक अम्रेन्द्र यादवको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS