IME Life New

बीमा क्षेत्रको उच्च तहमा अझै छैन महिलाको सन्तोषजनक उपस्थिती, विदा मात्रै दिने कि प्रोत्साहित गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालको बीमा क्षेत्रमा अझै पनि महिलाको उपस्थिती सन्तोषजनक छैन। कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालक समितिमा महिलाको सहभागिता एकदमै कम छ। ४० कम्पनी मध्ये २६ कम्पनीको सञ्चालक समितिमा एक जना पनि महिला छैनन्। १९ जीवन बीमा कम्पनीहरु मध्ये ८ बीमा कम्पनीको उच्च व्यवस्थापनमा महिला देखिदैनन्। यस्तै अवस्था निर्जीवन बीमा कम्पनीहरुमा पनि छ। बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको निर्देशक पदमा एक जना महिला भएता पनि सञ्चालक समितिमा एक जना पनि महिला छैनन्।

अमेरिकाको न्यूयोर्क शहरमा १५ हजार महिलाले सन् १९०८ को मार्च ८ मा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। यसको ठिक एक वर्ष पछि अमेरिकन समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउने निर्णय गर्यो। यसै दिनलाई अन्तर्राष्ट्रिय दिवको रुपमा मनाउने विचार भने क्लारा जेटकिनको थियो। उनले यो विचार सन् १९१० मा कोपेनहेगनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा दिएकी थिईन्।

Esewa
Crest

यो सम्मेलनमा १७ देशका १०० महिला प्रतिनिधिहरू उपस्थित थिए सबैले क्लाराको सल्लाहलाई स्वागत गरे। यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा सिर्जना गरिएको थियो। त्यसैले विश्वले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँने गरिन्छ।

नेपालमा भने आज  दिवस नाममा सरकारी महिला कर्मचारी तथा केहि पब्लिक कम्पनीका महिलाले विदा पाउने बाहेक केहि पनि उपलब्धीमुलक काम हुन सकेन। सोमबार अधिकाम्स बीमा कम्पनीले कार्यालय नै बन्द गरे। साथै कतिपयले महिलालाई मात्रै विदा दिए। तर कुनै पनि कम्पनीले महिला शशक्तिकरणका लागि कुनै पनि काम गरेनन्।  बीमा कम्पनीहरुले महिला दिवको अवसरमा केहि योजना ल्याउन पनि सकेनन्।

नेपालको कानुनमा स्पष्ट सँग पब्लिक कम्पनीको सञ्चालक समितिमा एक जना महिला हुँनै पर्ने व्यवस्था छ। तर कम्पनीहरुले यस कानुनलाई पालना गर्न सकेका छैनन्। कानुनले गर्नै पर्ने भनिएको कुरा त पालना नहुने कम्पनीहरुले महिलालाई उच्च व्यवस्थापनमा पोत्याउने कुरै भएन।

एक दिन महिलाको लागि भनेर विदा दिनु भन्दा उनिहरुका लागि अवसर दिनु आजको आवस्यकता हो। बैंकिङ क्षेत्रमा महिलाको उपस्थिती बढ्दै गर्दा बीमा क्षेत्रमा एकदमै न्युन देखिनुले पनि बीमा कम्पनीहरुले महिलालाई खासै रुचाएको पाइदैन। उकै पटक उच्च व्यवस्थापनमा लगेर पदास्थपन गर्नु भन्दा उनिहरुलाई समान सहभागिताको सुनिश्चितता दिनु नै आजको आवस्यकता हो।

आज अन्तर्राष्ट्रिय दिवको अवसरमा कुनै बीमा कम्पनीले महिलाका लागि केन्द्रित गरेर एउटा पनि कार्यक्रम गरेनन्। साथै बीमा समितिले पनि महिलाको लागि प्रोत्साहनमुलक काम गर्न सकेन।

बीमा कम्पनीको सञ्चालक पदमा महिला नगन्य, २६ कम्पनीले गरेनन् कम्पनी ऐनको पालना

बीमा व्यवसाय विस्तार आक्रामक हुँदा पनि उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति दयनीय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS