IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेशन र निर्धन उत्थान लघुवित्तको साधारणसभा भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले भोलि मंगलबार साधारणसभा गर्दै छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले एलआईसी शिक्षालय हल नक्सालमा बिहान साढे १० बजे डाकेको छ। साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रास्ताव लगिने भएको छ। फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै प्रस्तावित लाभांस प्राप्त गर्ने छन्।

साधारणसभाले सर्वसाधारण शेयरधनी समुहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने भएको छ भने संस्थापक शेयरधनी समुहबाट निर्वाचित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने भएको छ।

Esewa
Crest

त्यस्तै,निर्धन उत्थान लघुवित्तले आफनै केन्द्रिय कार्यालय नक्सालमा दिउँसो १ बजे डाकेको छ। सभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाने भएको छ। फागुन १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनका साथै लाभांस प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS