IME Life New

जीवन विकास लघुवित्तले १९ करोड ७७ लाखको आइपिओ ल्याउदै, पायो ‘ट्रिपल बि माइनस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ। यस रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।

संस्थाले सर्वसाधारण समुह तर्फको १९ करोड ७७ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि उक्त रेटिङ गरेको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ। प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र  बोर्डमा निवेदन दिएको प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले जानकारी दिए। तर बोर्डले अहिलेसम्म आइपिओको पाइपलाईनमा भने राखेको छैन।

Esewa
Crest

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने मण्डलले जानकारी दिए। जीवन विकास समाज नामक गैर सरकारि संस्था ‘एनजिओ’ ले प्रवर्द्धन गरेको यस संस्थाको १६ वटा जिल्लामा १३६ वटा शाखा कार्यालय रहेको छ। राष्ट्रिय स्तरको अनुमति भए पनि विस्तारै अन्य जिल्लामा पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै लैजाने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मण्डलले जानकारी दिए।

दुई वटा संस्थालाई मर्जर गरेर यस संस्थाले आफ्नो शाखा सञ्जाल तथा पुँजी बलियो बनाएको थियो। संस्थाले गत भदौमा सल्भ लघुवित्त वित्तीय संस्था र गरिवी न्युनिकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो। सफल मर्जर पछि गत भदौ २२ गतेदेखि नै एकिकृत कारोबार हुँदै आएको छ।

हालको पुँजी अनुसार संस्थाको प्रमुख शेयरधनीहरुमा जीवन विकास समाजको ३० प्रतिशत, प्रभु क्यापिटलको १३ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ९ प्रतिशत, सल्भको ७ प्रतिशत, एनआईसी एशिया बैंकको तीन प्रतिशत र सामुदायिक महिला विकास केन्द्रको एक प्रतिशत शेयर रहेको छ। संस्थापक शेयरधनीहरु मध्ये संस्थागत ६ वटा र व्यक्तिगत ६६ जना रहेका छन्।

प्राथमिक शेयर निष्काशन पछि संस्थागत लगानीकर्ताको हिस्सा ४३.४० प्रतिशतमा झर्नेछ भने व्यक्तिगत लगानीकर्ताको हिस्सा २४.१० प्रतिशतमा झर्नेछ। प्राथमिक शेयरधनीहरुको हिस्सा ३२.५ प्रतिशत कायम हुनेछ।

हाल संस्थाको २ लाख ८९ हजार जना सदश्य रहेका छन्। एक लाख ९० हजार जना ऋणी रहेका छन् भने उनिहरुलाई १८ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरिएको छ। हाल शाखा कार्यालय १३६ वटा छन् भने कर्मचारी संख्या ८४० जना रहेका छन्। संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, रोजगारी विकास लगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ मण्डलले जानकारि दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS