IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा ११ लाख ८३ हजारको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्काशनको तेस्रो दिनमा ११ लाख ८३ हजार ७ सय ७१ जनाको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा ११ लाख ८३ हजार ७ सय ७१ जना आवेदकबाट २ अर्ब ६१ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ६१ लाख १९ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गरिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते बैंकिङ समयसम्म मात्र आवेदकले आवेदन दिन पाउनेछन् ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS