IME Life New

बैंकरहरुको छाता संघठन सिबिफिनको अध्यक्षमा गोल्याण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंकहरुका अध्यक्षहरुको छाता संघठन बैंक तथा वित्तीय संस्था परिसंघ ‘सिबिफिन’को अध्यक्षमा पुनः पवन गोल्याण निर्वाचित भएका छन्। संघको प्रथम वार्षिक साधारणसभाबाट गोल्याण सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्। गोल्याण एनएमबी बैंकको सञ्चालक समितिको अध्यक्ष हुन्।

गोल्याण सहित सिबिफिनको कार्यसमितिमा १५ जना निर्वाचित भएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह निर्वाचित भएका छन्। त्यस्तै विकास बैंकहरुको तर्फबाट उपाध्यक्ष पदमा राजेश उपाध्याय निर्वाचित भएका छन् भने महासचिवमा केशव बहादुर रायमाझी भएका छन्। कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया छन्। सदस्य पदमा पृथ्वी बहादुर पाँडे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान रहेका छन्।

Esewa
Crest

शनिवार सम्पन्न भएको प्रथम वार्षिक साधारणसभाबाट कार्यसमितिका सम्पुर्ण पदाधिकारीको सर्वसम्मत चयन भएको हो। साधारणसभाको प्रमुख अतिथि अर्थमन्त्री बिष्णु प्रसाद पौडेल थिए। कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि विद्युत डिम्याण्ड शुल्क छुट दिने निर्णय भएको जानकारी दिएका थिए। उनले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नसक्ने र सबै लक्षित समुदायमा खोप पुर्याउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS