IME Life New

कोरोना बीमाको दाबी भुक्तानीका लागि ४८ हजार ६९ जनाले पाए स्वीकृती, सरकारको भागमा एक अर्ब १६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोरोना बीमाको दाबी भुक्तानीका लागि ४८ हजार ६९ जनाले स्वीकृती पाएका छन्। बीमा समितिका अनुसार उनिहरुले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँको भुक्तानीका लागि अनुमति पाएका हुन्। कोरोना बीमा पुल मार्फत तीन अर्ब ५० करोड रुपैयाँ बाहेक बाँकी दाबी भुक्तानी नेपाल सरकारले बेहोर्ने व्यवस्था छ।

पुलमा साढे तीन अर्ब रुपैयाँ जम्मा भएर वितरण भैरहेको छ। अझै पनि बीमितको हातमा भने साढे तीन अर्ब पुग्न सकेको छैन। बीमा समितिका अनुसार कोरोना बीमाको दाबी भुक्तानीका लागि ८४ हजार ८७४ वटा फाइल आइपुगेको छ। तर दाबीका लागि भने ४८ हजार ६९ जनाले मात्रै स्वीकृत भएकाले ३६ हजार ८०५ जनाले स्वीकृत पाउन बाँकी छ। स्वीकृत पाए मध्येबाटै नेपाल सरकारको भागमा एक अर्ब १६ करोड रुपैयाँ परिसकेको छ।

Esewa
Crest

बीमा समितिले गत फागुन ७ गते सार्वजिक गरेको विवरण अनुसार ४ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृती प्रदान गरिएको थियो। बीमा समिति र नेपाल सरकारलाई कोरोना बीमाको दाबी भुक्तानी पेचिलो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS