काठमाडौं । रिलायन्स फाइनान्सले १० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ । फाइनान्सको बिहीबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ० दखमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, कम्पनीले नगद लाभांशमा ४३ लाख ८१ हजार १३७ रुपैयाँ खर्च गर्नेछ ।
राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।